१२ कार्तिक २०८३, बिहिबार

विश्व पर्वतारोही पण्डितलाई प्रधानमन्त्रीद्वारा राष्ट्रिय झन्डा प्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sanjay-Pandit

काठमाडौँ, २६ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अफ्रिका महादेशकै छानो भनेर चिनिने किलिमञ्जारो हिमाल पर्वतारोहणका लागि जान लाग्नुभएका लामो दूरीका धावक सञ्जय पण्डितलाई आज नेपालको राष्ट्रिय झन्डा दिएर बिदाइ गर्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले पण्डितको विश्वका सबै सर्वोच्च शिखर टेक्ने सपनालाई पूरा गर्न आफूसँगै सरकारीस्तरबाट उचित सहयोग गरिने बताउँदै भन्नुभयो, “उहाँ (पण्डित) ले पर्वतारोहण गरेरै देशलाई अन्तर्राष्ट्रिय जगत्मा चिनाउनुभएको छ, अझ सफलताको कामना गर्छु ।”

सात महादेशका सर्वोच्च शिखरको आरोहणको तयारीमा रहनुभएका पण्डितको अन्तिम गन्तव्य अन्टार्टिकाको ‘बिन्सोन मसिफ’ रहेको छ । उहाँले नेपालका सगरमाथा र मनास्लु, जापानको सर्वोच्च शिखर फुजी तथा युरोप, अमेरिका, अस्ट्रेलियालगायत महादेशका सर्वोच्च शिखर आरोहण गरिसक्नुभएको छ ।

कार्यकममा नेकपा (एमाले), पर्यटन विभाग प्रमुख सूर्य थापा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिनालगायतले साहसिक खेलकुदका माध्यमबाट नेपाललाई ओलम्पिकसम्म पु¥याउनमा धावक पण्डितको योगदान हुने भएकाले त्यसतर्फ ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्नुभयो ।

धावक पण्डित आइतबार पर्वतारोहणका लागि अफ्रिकाको तान्जनियातर्फ जाँदै हुनुहुन्छ । रासस