१२ कार्तिक २०८३, बिहिबार

‘न्याय माग्न जाँदा प्रहरीले नै मेरो इज्जत लुटे’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Women-pathegharम काठमाडौंको चक्रपथस्थित ….कलेजमा ब्याचलर्स तहमा अध्ययन गरिरहेकी विद्यार्थी हुँ । सँधैझैं आज मिति २०७२ मंसिर २५ गते बिहान आफ्नै स्कुटरमा कलेजतर्फ आइरहेकी थिए । धुम्बाराहीमा आइपुगेपछि एक जना दिदीलाई लिफ्ट दिन खोज्दा आफ्नो ल्यापटप खसेको थाह पाएं । तुरुन्तै फर्केर जांदा प्रत्यक्षदर्शीहरुले एउटा बसका चालकले लगेको बताए ।

म त्यस कुराको उजुरी गर्न भनेर सुकेधारा चौकीमा जांदा त्यहां रहेका ट्राफिक प्रहरी महेशकुमार साहले मलाई उक्त बस तेलका लाइनमा भएको बताएर मेरो स्कुटरमा पछाडी बसेर एकान्त गल्लीगल्लीका बाटोबाट भित्र लगे । पछाडीबाट मलाई अंगालो हाल्ने, र दुव्र्यवहार गर्न थालेपछी केही अगाडी लगेर मैले स्कुटर रोकें र त्यहां भएका केही मानिसलाई त्यता पेट्रोल पम्प भए–नभएको, भए कुनै बस लाईनमा भए नभएको सोधें । सोध्दा भएको थाह पाए पछी त्यहां पुग्दा ट्राफिक प्रहरी साह, बसको नाम थाह नभएको ड्राइभर र खलासीले मलाई भित्रै बोलाए, तर म जान मानिन । बसको ढोकैबाट मैले मेरो ल्यापटप मागें, तर मसँग ५ हजार रुपैयाँ मागियो । बल्लतल्ल ३ हजार रुपैयां दिएपछि मेरो ल्यापटप फिर्ता दिइयो ।

कलेज पुग्नासाथ मैले यो कुरा आफ्ना सिनियरहरुलाई बताएं । कलेजका शिक्षक, सिनियर दिदीहरु र अन्य अभिभावकहरु पनि तत्कालै सुकेधारा प्रहरी चौकीमा पुगेर यस्तो अपराध गर्ने शाहमाथि कारबाही गर्न माग गर्नु भयो । त्यहां रहनु भएका महिला प्रहरी दिदीहरुले पनि कारबाहीका लागी दबाब दिनु भएको छ ।

हामी प्रहरीका पोशाक देख्नेवित्तीकै सुरक्षाले आश्वस्त हुन्छौं । प्रहरीले हाम्रो सुरक्षा गरिदिन्छ भनेर भर पर्छौं तर एकाबिहानै प्रहरीले नै गरेको यस्तो दुव्र्यवहार सहनु परेपछि अब हामीले कसको विश्वास गर्ने? ती प्रहरी माथी कारबाही होला नहोला, तर रक्षकले नै गरेको यस्तो राक्षसी व्यवहारबाट हाम्रो मन कुंडिएको छ । बेइज्जत भएको छ ।
ए. ‘नेपाली’
चक्रपथ, काठमाडौं

(घटनाका पीडित छात्रा र अध्ययनरत कलेजको नाम गोपनियताका कारण नखुलाइएको हो ।)