१२ कार्तिक २०८३, बिहिबार

कांग्रेसका पुराना र वरिष्ठ नेताहरू संगठित हुँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KB Gurungकाठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ र पुराना नेताहरू ‘वीपी बिचार राष्ट्रिय समाज’मार्फत संगठित हुँदैछन् । समाजको मंसिर २४ गते बिहीबार राजधानीमा बसेको केन्द्रीय कार्यसमितिले आफ्नो संगठनलाई ७५ जिल्लामा बिस्तार गर्ने निर्णय गरेको छ ।

सो समाजमा सबै प्रजातान्त्रिक बिचार राख्ने र कांग्रेसीहरूलाई समेटिनेछ । कांग्रेसका नेता गोविन्दराज जोशीका अनुसार समाजलाई ७५ जिल्लामा संगठन विस्तार गरी वीपी कोइरालाको विचारलाई प्रचार प्रसार गर्ने बताउनुभयो । ‘प्रजातान्त्रिक बिचारलाई जनताका माझ पुगाउन हामीले अभियान गर्दै पनि छौँ’, उहाँले भन्नुभयो ।

समाजका अध्यक्ष कुलबहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो बैठकमा सबै जिल्लाहरूमा पुस १६ गते मेलमिलाप दिवस मनाउने निर्णय भएको छ । कार्यक्रमहरूमा वीपी कोइरालाका सम्बन्धमा लेखिएका पुस्तकहरू पनि प्रदर्शनमा राखिने छन् ।

समाजको बैठकले नेपालको वर्तमान राजनीतिक अवस्थाको विष्लेषण गर्दै अहिलेको समस्या समाधानका लागि मेलमिलापको नीति नै उपयुक्त रहेको निर्णय गरेको छ ।

‘मुलुकलाई वीपी कोइरालाको मेलमिलापको नीति अहिले झन् टड्कारो रुपमा आवश्यक्ता परेको छ’, समाजको निर्णयमा भनिएको छ, ‘राष्ट्रिय मेलमिलापले नै निकास दिन्छ । त्यसको सान्दर्भिकता अझै अहिले महत्वपूर्ण रहेको छ ।’

बैठकमा अध्यक्ष गुरुङका साथै गोविन्दराज जोशी, विनयध्वज चन्दलगायत एक दर्जन नेताहरूको सहभागिता रहेको थियो ।