
सप्तरी, २५ मङ्सिर । राजबिराज–रुपनी सडकखण्डअन्तर्गत सप्तरीको रायपुरमा अनियन्त्रित भई आज एक बस पल्टिँदा छजना यात्रु घाइते भएका छन् ।
राजविराजबाट काठमाडौंका लागि जाँदै गरेको ना ४ ख ३८८८ नम्बरको बस रायपुरमा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
बसमा सवार जिल्लाको जोमनी मधेपुरा–५ निवासी ४० वर्षीया मोतिलाल साह, राजविराज नगरपालिका–२ निवासी सरोजकुमार ठाकुरलगायत छजना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको रायपुरस्थित युनिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस














प्रतिक्रिया