काठमाडौं, २३ असार । एक साता अघि चरा ठोक्किएर थन्किएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको चिनियाँ जहाज मर्मत गर्न एक करोड लाग्ने भएको छ ।
नियमित व्यापारिक उडान सुरु गरेको छैठो दिन असार १६ मा ५६ सिट क्षमतायुक्त एमए ६० मोडेलको जहाज विराटनगर विमानस्थलमा अवतरण गरी धावनमार्गमा कुदिरहेका बेला चरासँग ठोक्किएको हो ।
त्यसपछि जहाज ग्राउन्डेड भएको थियो, नागरिक दैनिकमा समाचार छ ।
चरा ठोक्किएपछिजहाजको दायाँ पखेटामा रहेको प्रापेलर चर्किएको थियो । यो जहाजमा एयटा पखेटामा ६ वटा प्रापेलर छन् । त्यो चर्किएको एयटा प्रापेलरको मूल्उ १ करोड रुवैयाँ पर्यो निगमका एक अधिकारीले भने त्यसबाहेक भन्सार शुल्क छुट्टै छ ।
उनका अनुसार चीनबाट मगाइएको प्रापेलर अहिले वीरगंज भन्सार कार्यालयमा आइपुगेको छ ।














प्रतिक्रिया