१२ कार्तिक २०८३, बिहिबार

प्रधानन्यायाधीश श्रेष्ठ भन्छन्- आन्दोलनकारीबाट मानवअधिकार हनन भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kalyan-shresthaललितपुर, २४ मङ्सिर । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मानव अधिकार विषय संस्कृतिका रुपमा अगाडि बढ्नुपर्नेमा राजनीतिक पाटो बन्दै गएको भनी दुःख व्यक्त गर्नुभएको छ ।

नेपाल बार एसोसियसनद्वारा आयोजित ६७ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस एवम् ४३ औँ कार्यकारिणी परिषद् बैठकलाई सम्बोधन गर्दै उहाँले संविधान कार्यान्वयनमा अदालतलगायत कानुन व्यवसायीको समेत दायित्व भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मधेस आन्दोलनले मानवीय सङ्कट पैदा गरेको छ, आन्दोलनकारीबाट मानवअधिकार हनन भएको छ, बिरामी बोकेको एम्बुलेन्समाथि आक्रमण भएको छ, विद्यालय, स्वास्थ्य संस्था, अस्पताललगायत बन्द हुनु दुर्भाग्यपूर्ण हो ।”

वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानको कार्यान्वयन सरकारबाट हुनुपर्ने बताउनुभयो । बारका पूर्वअध्यक्ष प्रेमबहादुर खड्काले तराई आन्दोलन रोक्न बारले समन्वयकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

बारका महासचिव सुनिलकुमार पोखरेलले मधेसमा भइरहेको मानवअधिकार उल्लङ्घनलाई रोक्न बारका तर्फबाट आवश्यक पहल गरिने बताउनुभयो । कार्यकारिणी परिषद् बैठक दुई दिनसम्म सञ्चालन हुने छ । रासस