१२ कार्तिक २०८३, बिहिबार

भूकम्पप्रभावित विद्यालय पुनःनिर्माणमा एनआरएनको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

NRNAभक्तपुर, २४ मङ्सिर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भक्तपुरका भूकम्पप्रभावित दुई सरकारी विद्यालयलाई भवन निर्माणका लागि रकम सहयोग गरेको छ ।

एनआरएनएका उपाध्यक्ष भवन भट्ट र सचिव अर्जुनकुमार श्रेष्ठले भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित सन्तकृष्ण प्राविलाई दुई हजार पाँच सय युरो (करिब रु तीन लाख) र भक्तपुर नगरपालिका–११ तौमढीस्थित वरदायिणी निमाविलाई एक हजार पाँच सय युरो (करिब रु दुई लाख) आर्थिक सहयोग हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण गर्दै एनआरएनएका उपाध्यक्ष भट्टले भूकम्पले क्षतिग्रस्त विद्यालय भवन निर्माणमा सरकारले पुनःनिर्माण गर्न नसक्ने भएकाले एनआरएनले यस्ता एक हजारवटा विद्यालय भवनको पुनःनिर्माणमा सहयोग गर्ने बताउनुभयो ।

एनआरएनएका सचिव अर्जुनकुमार श्रेष्ठले विदेशी विद्यालयसँग नेपालका विद्यालयले भगिनी सम्बन्ध विस्तार गर्नसके नेपालको शैक्षिक तथा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बताउनुभयो । रासस