१२ कार्तिक २०८३, बिहिबार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

road-accident-deathकलैया, २४ मङ्सिर । बारा जिल्ला गढिमाइ नगरपालिका–३ स्थित साखः स्टिल उद्योगअगाडि सडकमा आज बिहान करिब ६ बजे टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ ।

सिमराबाट वीरगन्जतर्फ आइरहेको बा १० च २०७३ नंको टिप्परले विपरीत दिशाबाट आइरहेको ना२प ६०८९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रामपुर –३ बस्ने ३५ वर्षीय रमेश साहको वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । टिप्पर चालकसहित टिप्पर र मोटरसाइकल इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा रहेको छ । रासस