१२ कार्तिक २०८३, बिहिबार

अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

human-rights-commission-nepalकाठमाडौं, २४ मंसिर । ६७औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

मानवअधिकारको रक्षा र प्रवद्र्धनमा सरकारले अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएअनुरुप यस क्षेत्रको विकासमा काम गर्दै आएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय मानवअधिकार आयोगले आज अपराह्न पुल्चोकस्थित आयोगको कार्यालयमा आयोजना हुने विशेष कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।

यसैगरी प्रधानमन्त्री ओलीले आजै अपराह्न सिंहदरबारमा मानवअधिकारका क्षेत्रमा कार्यरत सङ्घसंस्था एवम् व्यक्तिहरुको सम्मानमा स्वागत समारोहको आयोजना गर्नुभएको छ ।

उक्त समारोहमा सहभागी हुन सरकारले विभिन्न राजनीतिक दलका शीर्षनेता, सांसद, पूर्वमन्त्री, मानवअधिकारकर्मी र यहाँस्थित कूटनीतिक नियोगका पदाधिकारीहरुलाई निमन्त्रणा गरिसकेको छ । रासस