२८ आश्विन २०८३, बुधबार

कप्तान र स्ट्राइकर नेयमार विनै ब्राजिल सेमिफाइनलका लागि मैदानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

brazil-team-final

काठमाडौँ, २२ असार । विश्वकप फुटबल २०१४ को आयोजक ब्राजिललाई सेमिफाइनल भिडन्तमा निकै समस्या पर्ने भएको छ ।

छैटौँपटक उपाधि चुम्ने सपना बोकेर मैदानमा उत्रन लागेको ब्राजिल कप्तान थिएगो शिल्भा र स्ट्राइकर नेयमारको अनुपस्थिति बिना नै मैदानमा उत्रन लागेपछि अघिल्लो चरण प्रवेशको लागि निकै समस्यामा परेको हो ।

यसअघि भएको खेलमा कप्तान शिल्भाले दोहोरो पहेँलो कार्ड खाएपछि सेमिफाइनल भिडन्तमा सहभागी हुन पाउने छैनन् भने स्ट्राइकर नेयमार यसअघि कोलम्बियाविरुद्धको क्वाटरफाइनल खेलमा ढाड (मेरुदन्ड)मा चोट लागेपछि प्रतियोगितामा सहभागिता जनाउन नसक्ने भएका छन् ।

खेलको ८७औँ मिनेटमा कोलम्बियाका खेलाडी क्विन्टेरोले नेयमारलाई मैदानमा लडाएपछि चोटग्रस्त नेयमारको यस वर्षको विश्वकप यात्रा यहीँ समाप्त भएको छ ।

ब्राजिलको टिम चिकित्सकले नेयमारको ढाडको शल्यक्रिया गर्नुपर्ने भएकाले कम्तीमा पनि चार हप्ता निको हुन समय लाग्ने जनाएको छ । नेयमारले जारी प्रतियोगितामा चार गोल गरेका छन् ।

यसैगरी ब्राजिलले क्वाटरफाइनल खेलमा कोलम्बियालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग¥यो भने अन्तिम १६ मा चिलीलाई पन्छाउँदै प्रिक्वाटरफाइनलको यात्रा तय गरेको थियो ।

यस्तै समूह चरणको खेलमा ब्राजिलले क्रोएसिया र क्यामरुनलाई पराजित ग¥यो भने मेक्सिकोसँग बराबरी खेल्दै समूहको विजेता बनेको थियो । ब्राजिलले सेमिफाइनल खेलमा जर्मनको सामना गर्नेछ ।