काठमाडौं, २२ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबाट राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन अलग्गिएको छ ।
मधेसी मोर्चाका नेताहरुले राष्ट्रिय स्वाधीनतामा आँच आउनेगरी गतिविधि गरिरहेको भन्दै गठबन्धनले अलग भएको घोषणा गरेको हो । मंगलबार एक विज्ञप्ति जारी गर्दै गठबन्धन संयोजक तथा तमलोपाका केन्द्रीय सदस्य शमिम मियाँ अन्सारीले मोर्चाबाट अलग्गिएको औपचारिक रुपमै घोषणा गर्दै अब गठबन्धनले छुट्टै आन्दोलन गर्ने बताए ।
गत भदौ ३ गतेदेखि मधेसी मोर्चासँग मिलेर मुस्लिम गठबन्धन मधेस आन्दोलनमा सहभागी हुँदै आएको थियो । मुस्लिम गठबन्धनले छाडेपछि मधेसी मोर्चाको आन्दोलन कमजोर हुने देखिएको छ । यसले मोर्चालाई र मधेस आन्दोलनलाई धक्का लागेको बताइएको छ ।















प्रतिक्रिया