१२ कार्तिक २०८३, बिहिबार

दाङमा सवारी दुर्घटनाको संख्यामा कमी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

WOMEN-TRAFFIC-2main– सुधासुमन ढकाल
दाङ, २२ मंसिर । गतवर्षको तुलनामा यसवर्ष दाङमा सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनाका विषयमा ट्राफिक प्रहरी लगायतका अन्य संघ संस्थाले विभिन्न जनचेतनामुलक कार्यक्रमहरुमा तिब्रता दिनु, चेकिङ्गलाई कडा पार्नु, मापसे गरेर सवारी चलाउने, बिना लाइसन्स सवारी चलाउने, क्षमता भन्दा बढी यात्रुराख्ने सवारी चालकलाई कार्बाही गर्नु लगायतका कारणहरुले गर्दा दाङमा यसवर्ष सवारी दुर्घटनामा कमी आएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका हवल्दार कृष्ण विकका अनुसार गत आर्थिक वर्षको मंसिर महिना सम्ममा ५१ वटा सवारी दुर्घटना भएका थिए भने यस वर्षको मंसिर महिना सम्ममा जम्मा ३३ वटा सवारी दुर्घटना भएका छन् । यो तथ्यांक हेर्दा यसवर्ष दाङमा भएका सवारी दुर्घटनाको संख्या १८ अंकले घटेको छ ।

हवल्दार विकका अनुसार गत वर्ष भएका ५१ वटा दुर्घटनामा २१ जनाको ज्यान गएको थियो भने यस वर्ष भएका ३३ वटा दुर्घटनामा १६ जनाको ज्यान गएको छ । यसैबिच दाङमा बढि मात्रामा दुर्घटना हुने सवारी साधनमा मोटरसाईकल रहेको कार्यालयले जनाएको छ । दुई पाङ्ग्रे सवारी भएकाले र युवाहरुले तिब्र गतिमा गुडाउने गरेकाले पनि मोटरसाईकलको दुर्घटना बढि हुने गरेको हवल्दार कृष्ण विकले बताउनुभयो ।