१२ कार्तिक २०८३, बिहिबार

‘अमेरिका प्रवेशमा मुस्लिमलाई प्रतिबन्ध !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

trumpकाठमाडौं, २२ मंसिर । अमेरिकी राष्ट्रपति बराक ओबामाले धार्मिक भेदभाव अन्त्य गर्न गरेको अपीलकै दोस्रो दिन रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेदवार मानिएका डोनाल्ड ट्रंपले मुसलमानलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउनुपर्ने बताएका छन् ।

यो अभिव्यक्तिले उनी विवादमा तानिएका छन् । साथै उनका प्रतिस्पर्धीले कडा शब्दमा आलोचना गरेका छन् । देशमा भइरहेको आतंकको पत्ता नलागेसम्म अमेरिकी सरकारले मुसलमानलाई प्रवेशमा रोक लगाउनुपर्ने उनले बताए ।

प्यू रिसर्चको एक रिपोर्टले मुसलमानकै कारण देशमा आतंक सिर्जना भएको निष्कर्ष निकालेपछि ट्रंपको यस्तो भनाई आएको हो । जबकि ओबामाले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै मुसलमानमाथिको भेदभाव अन्त्य गर्न अपील गरेका थिए ।