काठमाडौँ, २१ मङ्सिर । प्रेस काउन्सिल सानिमा बैंक पत्रकारिता पुरस्कार स्थापना गरिएको छ ।
पुरस्कारको राशि रु पाँच लाख रहेको छ । सो पुरस्कार आगामी वर्षदेखि करिब २० वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय एक पत्रकार वा सञ्चार संस्थालाई प्रदान गरिने काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले जानकारी दिनुभयो ।
पुरस्कार वितरणसम्बन्धी सम्झौतापत्रमा काउन्सिलका अध्यक्ष र बैंकका कार्यकारी प्रमुखले आज हस्ताक्षर गर्नुभयो । काउन्सिलका अध्यक्ष बोणबहादुर कार्कीको अध्यक्षतामा पुरस्कार छनोट समिति गठन गर्नेसमेत निर्णय गरिएको छ । रासस














प्रतिक्रिया