पर्वत, २१ मंसिर । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईको संयोजकत्वमा निर्माण भएको नयाँ शक्ति निर्माण अभियानलाई साथ दिदै पर्वतमा पनि एमाओबादी नेताहरुले पार्टी परित्याग गरेका छन् ।
एमाओवादीमा रहेर पर्वतमा जिल्लामा चर्चित रहेका नेताहरुको पार्टी परित्यागलाई अर्थपुर्ण रुपमा हेरिएको छ । एमाओवादी पर्वतका जिल्ला अध्यक्ष केशव कुवर, उपाध्यक्ष यम बिश्वकर्मा, सचिव महेन्द्रजँग लामिछाने लगायत २९ जनाले सामुहिक राजीनामा दिदै एमाओवादी परित्याग गरेको प्रेस बिज्ञप्ति जारी गरि जानकारी गराएका छन् ।
एमाओवादीले उठाउँदै आएको शान्ति र संबिधानको अभियान एक चरण पुरा भएको र त्यो पुर्ण नभएको बताउँदै बिज्ञप्तीमा भनिएको छ एकातिर पुरातनवादी राजनैतिक शक्तिहरु बर्तमान संबिधानलाई नै सबैथोक ठान्दै जनताका जायज मागहरु र तराई आन्दोलनका जायज मागहरुलाई समेत संबोधन गर्ने पक्षमा छैनन् र देशलाई झन मुठभेठ तर्फ धकेलिरहेका छन् भने अर्कोतर तराई आन्दोलनको नाममा तराईबासी जनताहरुको न्यायोचित मागहरुलाई लिएर संघर्ष गर्नुको सट्टा बिखण्डनकारी सोच र चिन्तनलाई हाबी गराएर बैदेशिक हस्तक्षेप निम्ताउन केहि क्षेत्रिय र जातिवादी शक्तीहरु उद्यत रहेका बताएका छन् ।
उनीहरुले माओवादी आन्दोलनको एउटा अध्याय पुरा भई अबको बाटो स्वाधिन समृद्ध र समावेशी नयाँ नेपालको बाटो भएको बताएका छन् । अब नेपालाई राजैतिक रुपमा मात्रै नभएर आर्थिक समृद्धीको बाटोमा अगाडी बढाउदै समाजवादी क्रान्ति सम्पन्न गर्ने अभियानको नेतृत्व रुपमा पैदा भएका पार्टीहरुले गर्न नसक्ने भएकोले नयाँ शक्ती आवश्यक रहेका बताएका हुन् ।
पार्टी परित्याग गर्नेहरुमा केशब कुवर, यम बहादुर बि।क, महेन्द्रजग लामिछाने, बालकृष्ण शर्मा, नारायण लामिछाने, खिल प्रसाद सापकोटा, यज्ञ सुवेदी, कमल लामिछाने, यम बहादुर पुन, पिताम्बर नेपाली, देबि लामिछाने, सिता हमाल, बिनोद सुवेदी, जनक भुषाल, निल कुमार रिजाल, मोती रेग्मी, चण्डी भुर्तेल, सिता काफ्ले, गोपाल भण्डारी, तारा गुरुङ, प्रेम बहादुर बि।क।, बालकृष्ण गौतम, सुरेश पिसी, कमल रिजाल, किसान अधिकारी, प्रदिप लामिछाने, कालिका केसी, अशोक पौडेल लगायत छन् ।
नयाँ शक्ति नेपाल पर्वतले केशव कुवरलाई संयोजक चयन गरेको छ भने अन्य राजनैतिक दल तथा संघ संस्थाहरु, उद्योग ब्यापारी तथा सबै निकायसँग बार्ता संवादको लागि यम बिकको नेतृत्वमा नारायण लामिछाने र यज्ञ सुवेदी सहित टिम निर्माण गरेको पनि बिज्ञप्तीमा जनाएको छ ।

















प्रतिक्रिया