१२ कार्तिक २०८३, बिहिबार

मण्डलमाथि गोली हान्ने एक पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pestolपथरी (मोरङ), २१ मङ्सिर । मोरङको सिसवनी जहदा–५ बजरङ्गबली चौकका ६० वर्षीय रामप्रसाद मण्डलमाथि गोली हानेको आशङ्कामा एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालका अनुसार घटनामा संलग्न भएको आशङ्कामा अनुसन्धानका लागि एकजनालाई पक्राउ गरिएको हो । तर घटना अनुसन्धानकै क्रममा रहेको भन्दै पक्राउ परेका व्यक्तिका बारेमा प्रहरीले केही पनि खुलाएको छैन ।

पक्राउ परेका व्यक्तिबाट घटनाका बारेमा केही जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । “अस्ति राति गोली लागेका घाइतेको धरानमा उपचार भइरहेको छ”, प्रनि रिजालले भन्नुभयो, “घाइतेले घटनाका बारेमा सबै कुरा भन्न सक्ने अवस्था नभएकाले प्रहरीको अनुसन्धानलाई केही असजिलो भइरहेको छ ।” घाइतेको उपचार ठीक भइसकेपछि घटना अनुसन्धानमा थप मद्दत पुग्ने प्रहरीको भनाइ छ ।

गाउँमा धामीझाँक्रीको काम गर्दै आएका मण्डलमाथि रीसका कारण गोली प्रहार भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । छात्तीमा गोली लागेका घाइते मण्डलको गोली निकाल्नका लागि अहिलेसम्म शल्यक्रिया हुन सकेको छैन । रासस