२८ आश्विन २०८३, बुधबार

गोदामघर भत्किँदा एघारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tamilnaduनयाँ दिल्ली , २२ असार । दक्षिणी भारतीय राज्य तामिल नाडुमा आइतबार बिहान एक गोदामघर भत्किँदा कम्तीमा एघार व्यक्तिको मृत्यु भएको छ ।

एक बालक र चार महिलासहित एघारको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

यसै राज्यमा एक भवन भत्किँदा ६१ व्यक्तिको मृत्यु भएको एक हप्ता पछाडी पुनः अर्को घटना भएको बताइएको छ ।

तामिल नाडु राज्यको टिरुभाल्लुर जिल्लामा अवस्थित यस गोदामघरबाट एक व्यक्तिलाई उद्धार गरिएको र अन्य कयौँ फसेका अनुमान गरिएको छ ।

तामिल नाडुका अग्नी नियन्त्रक समूहद्वारा उद्धार कार्य जारी राखेको बताइएको छ । बीस फिटको अग्लो सो गोदाम घर लगातार जारी रहेको वर्षापछि भत्किँएको बताइएको छ ।

भारतमा भवन भत्किँने घटना बारम्बार हुने गरेको पाइन्छ । कम गुणस्तरको निर्माण सामाग्रीको प्रयोग नै यस्तो घटना हुनमा जिम्मेवार रहेको बताइन्छ । एएफपी