१२ कार्तिक २०८३, बिहिबार

विद्यालय भवन निर्माणमा अनियमितता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जाजरकोट, २० मङ्सिर । एक वर्षअघि नै निर्माण भइसक्नुपर्ने पुन्मा–३ स्थित विजय मावि काफल चौरको चारकोठे भवन अलपत्र परेको छ ।

शैक्षिक वर्ष ०७०/०७१ मा जिल्ला शिक्षा कार्यालयबाट स्वीकृति लिइएको चारकोठे भवन निर्माण वर्ष बित्दा पनि काम पूरा हुन सकेको छैन । रु २४ लाख अनुदानमा चारकोठे पक्की भवन बनाउनुपर्ने भए पनि काम पूरा नहँुदै भवन भत्कन थालेको छ । एक वर्षअघि नै बनि सक्नुपर्ने भवन अहिलेसम्म बन्न नसकेको हो ।

पटक पटक विद्यालयलाई ताकेता गर्दा पनि विद्यालयले अटेर गरेको छ । विद्यालयका प्रधानाध्यापक नरबहादुर घर्ती, व्यवस्थापन समितिका अध्यक्ष डिल्लीबहादुर चन्द, भवन निर्माण समितिका अध्यक्ष टेकजङ्ग शाह तथा जिल्ला शिक्षा कार्यालयका प्राविधिक श्रीकृष्ण खनालको मिलेमतोमा मापदण्डअनुसार भवन निर्माण हुन नसकेको स्थानीयवासीको आरोप छ । भवनको तल्लो र माथिल्लो तलाको ढलान चिरा परेर फुटेको छ ।

प्राविधिक खनालले कमिसनका भरमा मिलेमतोमा किर्ते बिल भरपाई गरेर भवन पास गरेको स्थानीयवासी हिरामणी जैसीले आरोप लगाउनुभयो । प्राविधिकले निर्माण सम्पन्न नै नभएको भवन निर्माण भएको भनी नक्कली बिल भरपाई गराए बापत रु ७० हजार रकम लिएको विद्यालयका प्रअ घर्तीले समेत स्वीकार गर्नुभएको छ । भवन बनाउँदा आपूm जिल्ला बाहिर गएको र निर्माण समितिको लापरबाहीले गुणस्तरीय काम हुन नसकेको प्रअ घर्तीले बताउनुभयो ।

जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले विद्ययालयको भवन अलपत्र भएको र भवन निर्माणमा अनियमितता भएको भन्दै उजुरी परेपछि प्रअ घर्तीको नौ महिनादेखिको तलब रोक्का गरी आवश्यक छानबिन भइरहेको जानकारी दिनुभयो । रासस