१२ कार्तिक २०८३, बिहिबार

नाकाबन्दीको बिरोधमा कागले पनि घेरे भारतीय दूतावास (फोटो र भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Indian-Embassy (2)

– गोपिकृष्ण चापागाई
काठमाडौं, २० मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा आइतबार बिहानै कागै कागले भारतीय दूतावास घेरेका छन् ।

तिन महिना भन्दा बढी हुँदा सम्म पनि भारतले नेपालमाथि ज्यादती देखाएको भन्दै राष्ट्रिय संगीतकर्मी संघको आयोन.जनामा बृहत काग सम्मेलन कार्यक्रम गरेर दूतावास घेराऊ गरिएको हो ।

१७३ फरक आवाज निकाल्न सक्ने कलाकार रमेश दुलालले काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासको प्रमुख गेट अगाडि जब करिब २ मिनेट कागको आवाज निकालेर काग बोलाएका थिए तब सयौंको संख्यामा कागहरु भरिएका थिए । पहिलो आवाजमा कागलाई भारतले गरेको नाकाबन्दीको बारेमा सूचना दिएको र पछि भारतीय दूतावास घेर्न बोलाएको आवाज निकालेपछि काग जम्मा भएको कलाकार दुलालले बताए ।

भारतसामु नेपाली जनताले घुँडा कहिल्यै टेक्दैनन, अब कागले पनि भारत सामु घुँडा नटेक्ने सन्देश दिन खोजेका हौं, दुलाले भने । यमराजको प्रतिक मानिने काग यमलोकको खबर यमराजमार्फत पठाए जस्तै कागमार्फत पनि भारतसमक्ष नझुक्ने सन्देश पठाइएको उनले बताए ।

दूतावास घेराउ कार्यक्रममा बिभिन्न कलाकार देखि बिभिन्न संस्थाका महिलाहरुको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित लोक तथा दोहोरी गायक प्रकाश कटुवालले पनि नेपाली जनता भारत सामु कहिल्यै नझुक्ने प्रतिज्ञा जनाएका थिए । साथै कलाकार नवराज घोरासैनी, राजेन्द्र कार्की लगायतले पनि नाकाबन्दीको बिरुद्धमा यसरी नै सम्पुर्ण नेपाली जनताले आवाज उठाउनु पर्ने बताएका थिए । त्यस्तै कार्यक्रममा उपस्थित बिभिन्न महिलाहरुले पनि कागमार्फत सन्देश पुग्ने भन्दै सो कामको प्रशंशा समेत गरेका थिए ।

हेर्नुस् भिडियोः

Indian-Embassy (1)  Indian-Embassy (3) Indian-Embassy (4) Indian-Embassy (5)