२८ आश्विन २०८३, बुधबार

अर्जेन्टिना र नेदरल्यान्डस सेमिफाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

8काठमाडौं, २२ असार । ब्राजिलमा जारी विश्वकप फुटबल प्रतियोगितामा अर्जेन्टिना र नेदरल्यान्डस सेमिफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार राति र आज विहान भएका खेलहरूमा अर्जेन्टिना बेल्जियमलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश ग-यो भने नेदरल्यान्डसले कोस्टारिकालाई ‘टाइब्रेकर’मा ४–३ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा आफनो स्थान सुरक्षित गरेको हो ।

यस जितसगैँ अर्जेन्टिना २४ वर्षको लामो यात्रापछि पहिलोपटक सेमिफाइनलको यात्रा तय गर्न सफल भयो । यसअघि सन् १९९० मा भएको विश्वकप प्रतियोगितामा सो टोली सेमिफाइनलमा पुगेको थियो ।

अर्जेन्टिनाले विश्वकपमा दुईपटक उपाधि हासिल गरिसकेको छ । सन् १९७८ र १९८६ मा भएको खेलमा उसले उपाधि हासिल गरेको हो ।

अर्जेन्टिनाको जितमा गोन्जालो हिग्वानी नायक बने । उनले खेलको आठौँ मिनेटमा गरेको गोल नै अर्जेन्टिनाका लागि निर्णायक गोल साबित बन्यो ।

खेलअवधिभर गोल फर्काउन निकै प्रयासरत बेल्जियम खेलको अन्तिम मिनेटसम्म गोल फर्काउन नसक्दा प्रतियोगिताबाट बाहिरिन बाध्य बन्यो । सो टोली २८ वर्षपछि पहिलोपटक क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

यसैगरी नेदरल्यान्ड्स र कोस्टारिकाबीच भएको खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेकपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । त्यसमा पनि दुवै टोलीबाट गोल नभएपछि खेल ‘टाइब्रेकर’मा पुग्यो ।

नेदरल्यान्डसको जितका लागि सब्स्टिच्युट गोलकिपर टिम क्रुलले दुई प्रहारलाई जोगाएपछि नेदरल्यान्डसको जित सुनिश्चित हुन पुगेको थियो ।

खेलको थप ३० मिनेटको अतिरिक्त समयको अन्तिम मिनेटमा जास्पर सिलेसनको सट्टामा मैदान प्रवेश गरेका क्रुलले कोस्टारिकाका कप्तान ब्रायन रुड्रज र माइकल उमानाको पेनाल्टी बललाई रोकेपछि नेदरल्यान्डसको जित सुनिश्चित भएको हो ।

नेदरल्यान्ड्सको जितमा रोबिन भान पर्सी, आर्जेन रोबेन, वेस्ली स्नाइडर र डक कुएटले पेनाल्टी सुटआउटमा गोल गरेका थिए ।

यस्तै कोस्टारिकाका लागि सेल्सो बोर्गेस, जियानकार्लो गोन्जालेज र क्रिस्टियन बोलानोसले गोल गरेका थिए । सन् २०१० मा भएको उन्नाइसौँ संस्करणको विश्वकप फाइनलमा नेदरल्यान्ड्स स्पेनसँग १–० गोलअन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।