– अर्जुन सिंह
(झलारी) कञ्चनपुर, १९ मंसिर । कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै नौ जना महिला स्वास्थ्य स्वयंम सेविकालाई नगद सहित सम्मानित गरिएको छ ।
झलारीमा नगरपालिका घोषणा पछि मनाईएको पहिलो महिला स्वास्थ्य स्वयम सेविका दिवसका अवसरमा उनीहरुलाई कार्यक्रममा प्रमुख अतिथी रहेका नेपाली कांग्रेसका तर्फबाट व्यवस्थापिका संसदका सदस्य रहेका बलदेव बोहराले नगद सहित सम्मान गर्नुभएको हो ।
झलारीमा भएको नवौं स्वास्थ्य स्वयंम सेविका दिवसमा सहभागिहरुले ‘महिला स्वास्थ्य स्वयम सेविकाको सेवा, स्वास्थ्य समाजकालागी टेवा’ भन्ने नारा बोकेर झलारीबजार र पिपलाडी क्षेत्रमा र्यालि निकालेका थिए । राष्ट्रिय स्वास्थ्य स्वयम सेविका दिवसका अवसरमा जिल्ला भरमै उत्कृष्ट तिन जना र झलारीपिपलाडी नगरपालीका तथा स्वास्थ्य चौकीहरुले थप छ जनालाई उत्कृष्ट काम गरेको भन्दै सम्मानित गरेको छ । झलारी पिपलाडी क्षेत्रमा ८१ जना महिला स्वास्थ्य स्वयम सेविकाहरु रहेका छन् ।
शनिबार जिल्ला भरमै एक स्वास्थ्य चौकी मा एक जना महिला स्वास्थ्य स्वयम सेविकालाई प्रति व्याक्ति तिन हजार नगद सहित सम्मान पत्र प्रदान गरिएको छ । झलारीपिपालडी क्षेत्रको पिताम्बर स्वास्थ्य चौकीकी सरस्वती ऐर, पिपलाडी स्वास्थ्य चौकीकी पुष्पा केसी र झलारी स्वास्थ्य चौकीकी मिना नाथलाई झलारीमा भएको कार्यक्रममा सम्मानित गरिएको हो । यस्तै थप नगरपालिकार स्वास्थ्य चौकीहरुले पिपलाडीकी सरला विष्ट, धनलक्ष्मी सिंह, झलारीकी खेमा मल्ल, कल्पना विष्ट र पिपलाडीकी मनकी चौधरी, लक्ष्मी भट्टलाई सम्मान गरेको छ ।
जिल्ला भरमा जनस्वास्थ्य कार्यालयले २० जना महिला स्वास्थ्य स्वयम सेविकाको कामको मुल्याङ्खक गरि सम्मान गरेको बताएको छ । महिला स्वास्थ्य स्वयम सेविकाको ८६ सुचक मध्ये १८ सुचकहरुको आधारमा मुल्याङ्कन गरेको जनस्वास्थ्य कार्यालयले बताएको छ । जसमा महिला स्वास्थ्य कर्मीले आमा समुहको नियमित बैठक गर्ने, परिवार नियोजनका साधनहरुको वितरण, खोप क्लिनिक संचालन र गाउँघर क्लिनिक जस्ता क्रियाकलाप गरेको हुनुपर्ने बताईएको छ ।
नवौं महिला स्वास्थ्य स्वय सेविका दिवसका अवसरमा प्रमुख अतिथीका रुपमा रहेका सभासद बल्देव बोहराले ‘स्वयम सेविकाहरुले गरेको कामको सहि मुल्याकङ्क राज्यले नगर्न सक्दा आफू लज्जीत भएको छु ।’ भन्नुभयो ।
उहाँले स्वंयम सेविकाहरुलाई सम्बोधन गर्दौ मित्र राष्ट्र भारतले गरेको नाकाबन्दिले स्वास्थ्य क्षेत्रमा पर्न गएको असरआफु दुःखित भएको बताउनुभयो । कार्यक्रम झलारी स्वास्थ्य चौकी अन्तरगत कार्यरत महिला स्वास्थ्य स्वयंम सेविका खेमा मल्लको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उप सभापति हरि बोहरा, झपि नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थी, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य दिलबहादुर ऐरलगायतका बत्ताहरुले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिकाका कार्यकारी अधिकृत रघुनाथ अवस्थीले स्वयंम सेविकालाई स्थानिय निकायबाट हुन सक्ने सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा स्वयमं सेविकाका तर्फबाट बोल्दै पिताम्बर स्वास्थ्य चौकीकी मानमती विष्टले राजनितीकदलहरुले स्वयंम सेविकाहरुलाई उतिच सहयोग नगरेको आरोप लगाउनुभयो । उहाँले हाल देशमा भएको संकटले आफुहरुले वितरण गर्दै आउको जिवनजल, आईरन चक्की र विभिन्न खोपहरु को अभाव हुदाँ बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुमा ठुलो समस्या परेको बताउनुभयो । उहाँले ‘स्वयंम सेविकालाई समाजले हेला र मजाको पात्रका रुपमा हेर्ने गरेकाले आफुहरुलाई प्रत्साहनको खाचो भएको बताउनुभयो । यस क्षेत्रका सरकारी स्वास्थ्य संस्थाहरुबाट निशुल्क वितरण हुने ७० प्रकारका विभिन्न औषधिहरुको अभाव भएको छ ।
नेपालमा सन् १९८८बाट स्वयंम सेविकाको अवधारण स्वास्थ्य क्षेत्रमा आएको हो । स्वयंम सेविकाहरुले खासमा बालबालिकारुमा लगाईने विभिन्न प्रकारका खोप, भिटानम, गर्भवतिलाई सहयोग, परिवारनियोजनका साधनको वितरण जस्ता कामहरु गर्दौ आउका छन् ।
कार्यक्रममा झलारी, पिपलाडी र पिताम्बर स्वास्थ्य चौकी अन्ँतर गत कार्यरत महिला स्वास्थ्य स्वयमं सेविकाहरु, स्वास्थ्य कर्मीको सहभागिता रहेको थियो । कार्यक्रमामा पिपाम्बर स्वास्थ्य चौकीकी अनमी गगां बस्नेत बमले स्वागत गितबाट स्वागत गर्नुभएको थियो । कार्यक्रममा पिपाम्बर स्वास्थ्य चौकीका चेतराज भट्ट, झलारी स्वास्थ्य चौकीका माधवानन्द जोशी र पिपाम्बर स्वास्थ्य चौकीका दिलिप साउँदले सम्बोधन गर्नुभएको थियो । कार्यक्रममा स्वयंम सेविकाहरुको सेवाको उच्च मुल्याकङ्क गरिएको थियो ।















प्रतिक्रिया