
पर्सा, १९ मङ्सिर । पर्साको बहुअर्वाभाठाबाट गएराति प्रहरीले १५ किलो गाँजासहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बीआर २२ इ १९०० नम्बरको मोटरसाइकलमा लुकाईछिपाई भारततर्फ लैजान लागेको सूचनाको आधारमा प्रहरीले कारबाही गर्दा गाँजासहित भारत विहार बेतियार कलोनीका २२ वर्षीय सुजित दुवे र २० वर्षीय भिखारी चौधरीलाई पक्राउ गरेको हो ।
पर्साको ग्रामीण भेगबाट खरिद गरिएको लागुऔषध गाँजा भारतीय नम्बरको मोटरसाइकलमा लुकाईछिपाई लैजान लागेको पूर्वसूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिइएको प्रहरी टोलीले मोटरसाइकल रोकी चेकजाँच गर्दा शरीरमा लुकाई राखिएको उक्त परिमाणको गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब निरीक्षक होवेन्द्र बोगटीले जानकारी दिनुभयो ।
पक्राउ परेको दुवै जनामाथि लागुऔषध ओसारपसार मुद्दा चलाउने तयारी रहेको प्रहरीले जनाएको छ । रासस














प्रतिक्रिया