– नरेन्द्रसिह कार्की
दार्चुला, १७ मंसिर । नेपाली काँग्रेसकी नेतृ सुजाता कोईरालाले देशको संकट टार्नको लागि एकताको विकल्प नभएको बताइएकी छिन् ।
नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार भेटघाटमा कोईरालाले विद्यमान नाकाबन्दीको सामना गर्नको लागि एकताको आवश्यकत्ता औल्याइएकी हुन् ।
दलहरुको एकताले नै संविधान जारी गर्न सफलता मिलेको चर्ता गर्दै उनले संविधान कार्यान्वयनको लागि दलहरुबीच सहकार्य र एकता आवश्यक छ । नेपाली जनता कमजोर नभएको भन्दै उनले भनिन्, अबको सहकार्य र एकताले देश आर्थिक उन्नतीतर्फ जानेछ ।
तीन नेताले गरेको बदमासीका कारण अहिले देशले यो संकट व्यवहोर्नु परेको हो उनले भनिन्, हाम्रा तीन नेताका कारण भद्र सहमति तोडिएको हो । उनले आर्थिक समुन्नतीको लागि चीन र भातर दुवै सँग सहकार्य गरी अघि बढ्नुपर्नेमा जोड दिइन् ।
महाधिवेशनको पूर्व सन्ध्यामा पहिलो पटक दार्चुला पुग्नुभएका नेतृी कोइरालाले अब काग्रेसभित्र नयाँ नेतृत्व आउने बताइन् । तीन नेताको क्षमता सबैले हेरी सकेको भन्दै उनले भनिन्, अब जो आएपनि नयाँ आउँछ ।
कोइरालाले अहिलेको असहज अवस्थाको समाधानका लागि पाँच विकास क्षेत्रलाई नै संघीय प्रदेशको सीमांकन गर्नु उत्तम विकल्प हुने धारणा राखिन् । हिमाल पहाड तराइ र चुरे क्षेत्रदेखि सबै मिलेको कारण अहिलेको पाँच विकास क्षेत्र नै सिमाङ्कनको उत्तम विकल्प भएको उनले बताइन् ।
उनले अब हुने १३ औ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार हुने समेत बताइन् ।














प्रतिक्रिया