१२ कार्तिक २०८३, बिहिबार

हस्तक्षेपविरुद्ध भारतसँग लड्न ‘स्वभिमान युवा प्रतिष्ठान नेपाल’ गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hatemalo-uaeकाठमाडौं, १८ मंसिर । भारतीय हस्तक्षेपविरुद्ध लड्न युवाहरुले ‘स्वभिमान युवा प्रतिष्ठान नेपाल’ नामक दस्ता गठन गरेका छन् ।

‘हट्ने होइन डटी लडने नेपालीको बानी हुन्छ । कहिल्यै नझुक्ने शिर उठेको स्वाभिमानी नेपाली हुन्छ ।’ भन्ने मुल नाराका साथ राष्ट्रियता स्वभिमानको रक्षार्थ युवाहरुलाई एकीकृत गरी जनचेता एंव सामाजिक कार्य गर्ने उद्देश्यको साथ ‘स्वभिमान युवा प्रतिष्ठान नेपाल’ गठन गरिएको हो ।

मिलन शमसेर रोकाको अध्यक्षतामा गठन भएको ‘स्वभिमान युवा प्रतिष्ठान नेपाल’ संस्थाको महासचिवमा दीपक काफ्ले,सचिव देवेन्द्र पौडेल, कोषाध्यक्ष धरम बहादुर महतरा र सदस्यहरु डा.प्रमेस ढकाल, सुमन महर्जन, राजु प्रसाद लामिछाने, विवेक सिंह, प्रेमलाल थारु, छोटाई राउत र रमेश विक रहेका छन् ।
संस्थाले भारतीय हस्तक्षेपविरुद्ध लड्न युवाहरुलाई जनचेतना फैलाएर तयार पार्नेछ ।