१२ कार्तिक २०८३, बिहिबार

हराएका वृद्ध जंगलमा मृत भेटिए, बाघले खाएको आशंका

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanरत्ननगर (चितवन), १८ मङ्सिर । चितवनको चित्रवन नगरपालिकाबाट हराएका एक वृद्ध १७ दिनपछि जङ्गलभित्र मृत फेला परेका छन् ।

गत कात्तिक ३० गते घरबाट हराएका स्थानीयवासी ८३ वर्षीय वृद्ध महावीर थापा गएराति जङ्गलमा मृत भेटिएको चितवनका प्रहरी नायब उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार खोजीका क्रममा चित्रवन– ११ स्थित स्थानीय मझुवा सामुदायिक वनभित्र फेला पारिएको हो । घटनाको प्रकृति हेर्दा बाघले खाएको जस्तो देखिने उनको कपडाबाट पहिचान भएको प्रहरीले जनाएको छ ।

यसैबीच प्रहरीले विभिन्न क्षेत्रबाट मापसे गरेर सवारी चलाउने १९ जनालाई नियन्त्रणमा लिएको छ । सवारीसहित उनीहरुलाई नियन्त्रणमा लिइएको र आवश्यक कारबाही तथा जरिवानापछि छाडिने प्रहरीले जनाएको छ । रासस