कञ्चनपुर, १७ मंसिर । देशभर नयाँ शक्ति अभियान चलिरहेका बेला कञ्चनपुरमा पनि सो अभियानले व्यापकता पाएको छ । कञ्चनपुरका ग्रामिण भेगदेखि जिल्लास्तरसम्म एमाओवादी छोडेर नयाँ शक्ति अभियानमा लाग्नेहरु सक्रिय भएर लागि परेका छन् ।
कञ्चनपुर एमाओवादी जिल्ला उपाध्यक्ष मोहन गरिी, निवर्तमान केन्द्रिय सदस्य खडकबहादुर बस्नेत, कृष्णपुर नगरपालिकाका नगरअध्यक्ष सुरेन्द्रबहादुर बम लगायतले एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा लागेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
उनीहरुले नयाँ कार्यदिसा, नयाँ संगठन, नयाँ संस्कृति र नयाँ नेतृत्वका लागि आफूहरुले एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माको अभियानमा लागेको बताएका छन् ।
एमाओवादी पार्टी पछिल्लो चरणमा कार्यदिसाहीन बन्दै गएको, पार्टीभित्र विकृति, विसंगती मौलाएका कारण दिसाहीन बनेको भन्दै आफूहरु नयाँ शक्ति निर्माण अभियानमा लागेको कृष्णपुर नगरपालिकाका निवर्तमान नगर अध्यक्ष सुरेन्द्रबहादुर बमले बताए ।
उनले भने- कञ्चनपुरमा हामी नयाँ शक्ति निर्माण अभियानमा लागिसकेका छौं । नयाँ शक्ति निर्माण अभियानमा हामीले नयाँ पुस्ताका युवाहरुलाई संगठित बनाएर कञ्चनपुरमा एमाओवादी पार्टीभन्दा शक्तिशाली बनाएर अघि बढ्ने बमले बताए । एमाओवादीमा बदनाम भएकाहरुलाई नयाँ शक्तिअभियानमा अटाउन नसकिने उनले बताए ।















प्रतिक्रिया