काठमाडौं, १६ मंसिर । उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा १२ को पुरक परीक्षा नतिजा बुधबार सार्वजनिक गरेको छ ।
सार्वजनिक नतिजाअनुसार ८४.६१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । मौकामा परेका विद्यार्थीहरुले गत कात्तिक २१ मा पुरक परीक्षा दिएका थिए ।
परीक्षा नियन्त्रक सन्तोष अर्यालले यसवर्ष उत्तीर्ण विद्यार्थीको संख्या बढेको बताउनुभयो । उहाँका अनुसार ३३ हजार २ सय ११ विद्यार्थीले परीक्षा दिएकोमा २८ हजार एक सय एक विद्यार्थी उत्तीर्ण भएका छन् ।
नतिजा हेर्न नेपाल टेलिकममा सम्पर्क राख्न सकिनेछ ।














प्रतिक्रिया