१२ कार्तिक २०८३, बिहिबार

बाबुराम, दमन र पदमरत्न मिलेर काठमाडौंमा यसरी आन्दोलन चर्काउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baburam-Bhattraiकाठमाडौं, १६ मंसिर । मधेसी आन्दोलनप्रति समर्थन गर्दै भोलि बिहीबार नयाँ शक्ति निर्माण अभियान, संघीय गठबन्धन र आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले राजधानीमा ऐक्यवद्धता भेलाको आयोजना गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा बिहीबार बिहान ११ बजे हुने ऐक्यवद्धता भेलालाई पूर्व प्रधानमन्त्री एवम् नयाँ शक्ति निर्माण अभियानका अगुवा नेता बाबुराम भट्टराईसहित १४ जनाले सम्बोधन गर्ने छन् ।

सद्भावना पार्टीका महासचिव मनीष समुनका अनुसार मधेस आन्दोलनलाई समर्थन र ऐक्यबद्धताका लागि काठमाडौंमा कार्यक्रम गर्न लागिएको बताउनुभयो ।

ऐक्यबद्धता भेलालाई भट्टराईका साथै दमननाथ ढंगाना, पदमरत्न तुलाधार, प्रदीप गिरी, कृष्ण खनाल, सुरज बैद्य, सिके लाल, लक्ष्मणलाल कर्ण, हृदयेश त्रिपाठी, भानुराम थारु, कुमार लिङदेन, समिममिया अन्सारी, दानबबहादुर बिश्वकर्मा र गंगा चौधरीले सम्बोधन गर्ने छन् ।