१२ कार्तिक २०८३, बिहिबार

तुलसीपुरको एक होटलमा महिला मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

दाङ, १६ मङिसर । तुलसीपुरस्थित सिर्जना होटलमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।

सल्यान खलङ्गा–७ घर भएकी ३२ वर्षीया चितमाली विश्वकर्मा तुलसीपुर–५ बसपार्कमा रहेको उक्त होटलमा आज बिहान मृत अवस्थामा भेटिएकी हुन् ।

बिहान ९ बजेसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र ढोका फोडेर हेर्दा ओछ्यानमै मृत फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले बताउनुभयो ।

चितमालीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ । रासस