१२ कार्तिक २०८३, बिहिबार

विद्युत प्रसारण अवरुद्ध हुँदा रुकुमको जनजीवन कष्टकर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bulb light nepal– महेश केसी
रुकुम, १६ मंसिर । विद्युत प्रशारण नहुँदा रोल्पामा दैनिक कामकाज प्रभावित बनेको छ ।

रुकुमेली बिद्युत उर्जा विकास समिति भाग्ले विद्युत गृहबाट उत्पादन हुदै आईरहेको विद्युत प्रशारण बुधबार विहान देखी एक्कासी अवरुद्ध हुदाँ रुकुम जिल्लाको सदरमुकाम मुसिकोट नगरपालिका सहित जिल्लाका सात गाविसको जनजीवन कष्टकर भएको हो ।

जिल्लाको वाफिकोट गाविसको स्यापुदहबाट हालसम्म दुईवटा मेसिनबाट जम्मा दुई सय किलोवाट विद्युत उत्पादन हुदै आएकोमा १ नं. मेसिनमा खराबी आएपछि विद्युत सेवा अवरुद्ध भएको रुकुमेली विद्युत उर्जा विकास समतिका कार्यालय प्रमुख रामबहादुर केसीले बताए ।

केसीका अनुसार बिग्रिएको मेसिन मर्मत हुन १० देखी १५ दिन समय लाग्ने र यस बिचमा २ नं. मेसिनबाट उत्पादन भएको जम्मा १०० किलोवाट विद्युतलाई एक दिनमा प्रत्येक टृान्सफर्मबाट २ घण्टा मात्र विद्युत प्रवाह गरिने योजना रहेको छ । १२ गाविसका जम्मा ६ हजार घरधुरीलाई विद्यतु लाईन वितरण गरिएको छ प्रतिदिन सरदरमा सात घण्टा लोडसेरिङ गरेर निकै मुस्किलले सेवा प्रदान गरिहेको उर्जा विकास समितिले हालका सबै ग्राहकलाई नियमित विद्युत सेवा प्रवाह गर्न दुई मेघावाट अर्थात दुई हजार किलोवाट क्षमताको विद्युत चाहिने बताउदै आएको छ ।

रुकुम उज्यालो कार्यक्रम अन्तरगत जिल्लाका अन्य गाविसमा साना विद्युत गृह निर्माण गरी उज्यालो पगेको भएपनि यस विद्युत गृहमा रहेका दुबै मेसिन निकै पुराना भएका कारण बेला–बेलामा खराब भैरहने र यस्तो समस्या दोहोरिरहन्छ । यसको समाधाका लागी पहिलो बिकल्प भनेको जिल्लामा उत्पादन भएका अन्य क्षमताका बिद्युत शक्तिलाई एकिकृत गरी समनुपातिक रुपमा विद्युत बाड्न सकिने सम्भावना रहेको भएपनि यसतर्फ सम्बन्धित निकायको खासै चासो भने जान सकेको छैन ।

निरन्तरको भारतिय नाकाबन्दिका कारण देशैभरी नै पेट्रोलियम पदार्थको आभाव भैरहेको बेला रुकुममा पनि पेट्रोलियम पदार्थ आयात सहज हुन नसक्दा जेनेनेटर मेसिन समेत चल्न नसकेको कारण तत्काल काम चलाउनका लागी कुनै बिकल्प समेत छैन । जिल्लामा रहेका पाँचवटा रेडियो स्टेशन समेत बुधबार विहानैदेखी बन्द रहेका छन् भने स्थानिय पत्रपत्रिका समेत प्रकाशन हुन गाह्रो हुने भएको छ साथै बिद्युत नियमति हुन नसक्दा नेपाल टेलिकम रुकुमले पनि फोन सेवालाई नियमित रुपमा संन्चालन गर्न गाह्रो हुन सक्ने बताएको छ ।