१२ कार्तिक २०८३, बिहिबार

सानेपा चोकमा पेट्रोल बेच्दाबेच्दै दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pakrauललितपुर, १६ मंसिर । भारतको नाकाबन्दीका बेला महंगोमा तेल बेच्ने दुई जनालाई प्रहरीले सानेपाबाट पक्राउ गरेको छ ।

अवैध रुपमा सानेपा चोकमा पेट्राल बिक्री बितरण गरिरहेका काठमाडौँ कोटेश्वर बस्ने झापा घर भएका ३२ बर्षीय टक बहादुर बस्नेत र रातोपुल बस्ने झापा धुलाबारी–घर भएका २८ बर्षीय रामकुमार भारतीलाई प्रहरीले मंगलबार १ सय २० लिटर पेट्रोल सहित पक्राउ गरेको हो ।

उनीहरुले उच्च मूल्यमा पेट्रोल बेच्दै आएको खुलेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।