– अनिल खत्री
गुल्मी, १६ मंसिर । महिला हिंसाबिरुद्धको १६ दिने अभियान चलिरहेको बेला पत्नी कुटपिट गर्ने हर्मिचौर ९ का २३ बर्षीय युवराज कुंवरबिरुद्ध इलाका प्रहरी कार्यालय रिडीमा उजुरी परेको छ ।
उनले २२ बर्षिया पत्नी तिलाकुमारी कुंवरलाई मंसिर ११ गते चिरपट दाउरो प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
पीडित महिलाको हात भाँचिनुको साथै शरिरका विभिन्न भागमा निलडाम रहेको बताइएको छ । उनको मिसन अस्पताल पाल्पामा उपचार भैरहेको छ । पीडितले मंसिर १४ गते ईलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गराएपछि आरोपितलाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक शैलेन्द्रकुमार भट्टले जानकारी दिए ।














प्रतिक्रिया