– डम्मर राज भट्ट
महेन्द्रनगर, १६ मंसिर । भारतीय नाकाबन्दीबिरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कञ्चनपुरमा प्रदर्शन गरेको छ । बुधबार विहान नेकपा माओवादी कञ्चनपुरले सदरमुकाम महेन्द्रनगरमा नाकाबन्दीबिरुद्ध विशाल विरोध प्रदर्शन गरेको हो ।
नेकपा माओवादी कञ्चनपुरका नेता बिरेन्द्र लुहारले भारतीय नाकाबन्दी हटाउन माओवादीले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन गरेको बताउनुभयो । उहाँका अनुसार सदरमुकाम महेन्द्रनगरको पुष्पलाल चोकदेखि सुरु भएको ¥याली बजार परिक्रमा गर्दै मदन चोकमा पुगेर कोण सभामा परिणत भएको हो ।
कोण सभामा बोल्दै नेकपा माओवादीका केन्द्रीय सदस्य डिडि पाण्डेले भारतले नेपाललाई हेप्ने दृष्ट्रिकोणले नाकाबन्दी गरेर नेपालीहरुलाई समस्यामा पारेको बताउनुभयो । सरकारले कुटनीतिक रुपमा नाकाबन्दी समस्या हल गर्नुपर्ने भन्दै उहाँले नाकाबन्दीका कारण मुलुक समस्या उत्पन्न भएको भन्दै छिटै नाकाबन्दी हटाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बोल्ने अधिकांश विप्लव माओवादीका नेताहरुले नाकाबन्दी नहटाए थप सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।














प्रतिक्रिया