१२ कार्तिक २०८३, बिहिबार

कांग्रेसमा पदाधिकारीको वरीयता निर्धारण

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्री र सहमहामन्त्रीहरूको वरीयता निर्धारण गरेको छ। महामन्त्रीमा प्रदीप पौडेल पहिलो, डिला संग्रौला पन्त दोस्रो र उदयशमशेर राणा तेस्रो स्थानमा छन्।

सहमहामन्त्रीमा क्रमशः बहादुर सिंह लामा तामाङ, योगेन्द्र चौधरी, प्रकाश रसाइली स्नेही, जीवनबहादुर शाही, अजयकुमार चौरसिया, आङ्गेलु शेर्पा, रामहरि खतिवडा, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, मनोजमणि आचार्य र मो। फिर्तोष आलमको वरीयता तोकिएको नेताहरूले बताएका छन्।

सभापति गगन थापाले चार सहमहामन्त्री, एक कोषाध्यक्ष र ६६ केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। कांग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ।

पन्ध्रौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले आज शपथ लिएका छन्। सभापति थापाले छठपछि केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने जानकारी दिएका छन्।

नयाँ कार्यसमितिलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने जिम्मेवारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलाललाई दिइएको छ।