१२ कार्तिक २०८३, बिहिबार

दुर्घटनाग्रस्त ट्रकबाट सयौं लिटर तेल बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-Oil-Kalobajari (2)लहान, १६ मङ्सिर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा चोकमा आज बिहान अनियन्त्रित भई पल्टिएको ट्रकबाट ठूलो परिमाणमा डिजेल बरामद भएको छ ।

प्रहरीको सुरक्षा घेरामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १९२७ नम्बरको ट्रक बिहान करिब ४ बजे अनियन्त्रित भई सडक छेउमा पल्टिएको थियो । पल्टिएको उक्त ट्रकबाट झण्डै दुई हजार लिटर डिजेल बरामद भएको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक शेषकराज थान्दारले जानकारी दिनुभयो ।

व्यक्तिगत प्रयोजनका लागि वा कालोबजारीको लागि डिजेल लगिरहेको भन्नेबारे अनुसन्धान भइरहेको र ट्रकका चालक फरार रहेकाले उनको खोजी पनि भइरहेको उहाँले बताउनुभयो । रासस