१२ कार्तिक २०८३, बिहिबार

संविधानबारे सूचित गराउन आजबाट कांग्रेसको साताव्यापी प्रशिक्षण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-1चितवन, १६ मंंसिर । नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली कांग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ ।

कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण आयोजना गरिने जानकारी दिनुभयो ।

नयाँ संविधान र यसका अन्तरवस्तुका विषयमा कार्यकर्तालाई सूचित गराउन कांग्रेसका केन्द्रीय नेताहरुले आजदेखि २१ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम राखिएको कांग्रेस चितवनले जनाएको छ ।

कार्यकर्तामार्फत पनि जनतालाई संविधानका उपलब्धिबारे जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ । रासस