१२ कार्तिक २०८३, बिहिबार

भारतको चाप्लुसी नगर्न नेताहरुलाई पहारीको चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari

पोखरा, १६ मंसिर । युवा संघ नेपालका अध्यक्ष राजीब पहारीले नेपालीको करको मानो खाएर नेपालको विरुद्ध भारतको चाप्लुसी नगर्न राजनीतिक दल सम्बद्ध नेताहरुलाइ चेतावनी दिएका छन् ।

भारतलाई साक्षी राखेर विगतका दिनहरुमा नेपाली दलहरुले राजनीतिक परिवर्तनमा उसको इसाराले काम गर्ने गरेका कारण अहिले नेपाली जनताले त्यसैको मुल्य चुकाउनु परेको भन्दै उनले नेपाललाई भारतले सिक्किमीकरण र फिजिकरण गर्न खोजेको आरोप लगाए ।

भारतीय अतिबादी सोचकाबिरुद्ध सम्पूर्ण राष्ट्रभक्त नेपालीहरु एकजुट हुनुको विकल्प नभएको भन्दै स्वाधिनताको लडाइसँग इन्धन नसाट्न नेताहरुलाइ आग्रह गरे । युवा संघ कास्कीले पोखरामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै पहारीले सो कुरा बताएका हुन् ।

मधेस आन्दोलनका कारण अति प्रभावित संवेदनशील तराइका विभिन्न ९ जिल्लामा आफ्नो संगठनले छिट्टै एक पृथक अभियान चलाउन लागेको जानकारी दिदै युवा संघले भारतको यो नाकाबन्दीलाई अन्तराष्ट्रियकरण गर्न सफल भएको बताए । नेपालमा अधिकार प्राप्तिको आन्दोलन समाप्त भएको र मुलुकलाई आर्थिक सामाजिक साँस्कृतिक विकासमा द्रुत गतिमा अघि बढाउन अब युवा संघ एकमाना एकताका साथ लागि पर्ने बताए ।

पहारीले केन्द्रिय युवा परिषद् लगायतका विभिन्न युवा सम्बद्ध निकायमा युवाको प्रतिनिधित्व उच्चतम् हुनुपर्ने भन्दै आफ्नो संगठनले सशक्त युवाहरुको उत्पादन र सशक्तिकरणमा विशेष कार्यक्रम र रणनीति तयार गर्न लागेको नेता कार्यकर्ताहरु माझ जानकारी गराए

सो कार्यक्रममा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा सचिव दामोदर बैरागी, युवा संघ कास्कीका सचिव डिल्लिराम सुवेदी लगायतले नवनिवार्चित अध्यक्ष पहारी र सचिव माधव वाँस्तोलालाई सम्मान गरेका थिए । कार्यक्रम उक्त संघका कास्की जिल्ला अध्यक्ष विष्णु पुनको अध्यक्षतामा सम्पन्न भएको थियो ।