गुल्मी, १५ मङ्सिर । गुल्मीबाट छुट्ने सवारी साधनलाई टाइम कार्ड व्यवस्था गरिएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय, गुल्मीको सक्रियतामा जिल्लाबाट छुट्ने सवारी साधनलाई सोमबारदेखि टाइम कार्डको व्यवस्था गरिएको हो ।
जिल्लाबाट पाल्पा, बुटवल, काठमाडौँलगायतका स्थानमा छुट्ने सवारीका साधनलाई टाइम कार्डको व्यवस्था गरिएको जिल्ला ट्राफिक कार्यालय गुल्मीका प्रमुख प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।
जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले सोमबार तम्घासमा बस चालकलाई टाइम कार्ड हस्तान्तरण गर्दै चालकले सवारी साधन चलाउँदा टाइम कार्डमा उल्लेखित निर्देशन पालना गर्न आग्रह गर्नुभयो ।
सदरमुकाम तम्घासबाट जिल्ला बाहिर छुट्ने सवारी साधनलाई रिडीसम्मका लागि टाइम कार्डको व्यवस्था गरिएको हो । रासस















प्रतिक्रिया