काठमाडौं, २१ असार । विश्वकप फुटबल प्रतियोगितामा जर्मनीले फ्रान्सलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।
ब्राजिलको रियो दि जेनेरियो मैदानमा गएराति भएको खेलमा जर्मनीले फ्रान्सलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
जर्मनीको जितका लागि म्याट्स हुमेल्सले खेलको १३ औँ मिनेट गरेको एक गोल नै निर्णायक गोल सावित भयो । जर्मनीका खेलाडी टोनी क्रुसको फ्रिकिकलाई सदुपयोग गर्दै हुमेल्सले हेड गोल गरे ।
जितसँगै जर्मनीले विश्पकप प्रतियोगितामा लगातार चार पटक सेमिफाइनलमा प्रवेश गर्दै नयाँ किर्तिमानसमेत कायम ग-यो । जर्मनी सन् २००३ को विश्वकपमा उपविजेता बनेको थियो भने सन् २००६ र २०१० मा तेस्रो स्थान हासिल गरेको थियो । जर्मनीले हालसम्म तीनपटकको विश्वकपको उपाधि हासिल गरेको छ ।
सन् १९९० को विश्वकपमा उपाधि हासिल गरेयता जर्मनीले उपाधि जित्न सकेको छैन भने यो जितसँगै जर्मनी उपाधि जित्ने दाउमा छ ।
खेलको विभिन्न समयमा फ्रान्सले निकै सुनौला अवसर प्राप्त गरे पनि त्यसको सदुपयोग भने गर्न सकेन । खेलको पहिलो हाफ र दोस्रो हाफको अत्तिरिक्त समयमा फ्रान्सका करिम बेन्जीमाले प्रहार गरेको बललाई जर्मनीका गोलकिपरले विफल बनाइदिएपछि फ्रान्सको सेमिफाइनलमा प्रवेश गर्ने सपना चक्नाचुर बन्न पुग्यो ।
यसअघि फ्रान्सले सन् १९५८, १९८२, १९८५, १९९८ र २००६ मा सेमिफाइनल पुगेको थियो भने सन् १९९८ मा भने विश्वकपको उपाधि हासिल गरेको थियो ।













प्रतिक्रिया