१२ कार्तिक २०८३, बिहिबार

झापामा पाँच सय एचआइभी सङ्क्रमित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hiv sankramitझापा, १५ मंसिर । झापामा एचआइभी सङ्क्रमित हुनेको सङ्ख्या ५०० पुगेको छ ।

जिल्लामा एचआइभीबाट सङ्क्रमित हुने पुरुष २९४ र महिला २०६ जना रहेको झापा जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयले विगत तीन वर्षयता जिल्लामा बर्सेनि औसत ५० जना सङ्क्रमित थपिने गरेको जनाएको छ । आव ०६८/६९ मा झापामा ४६ जना सङ्क्रमित थपिएका थिए ।

त्यसैगरी आव ०६९/७० मा ५५ जना, आव ०७०/७१ मा ६७ जना र आव ०७१÷७२ मा ५८ जना सङ्क्रमित थपिएका थिए ।

विसं २०६४ यता झापामा एड्सबाट मृत्यु हुनेको सङ्ख्या ३१ रहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी अधिकृत निर्मला प्रजापतिले बताउनुभयो ।

उहाँका अनुसार आव ०६८/६९ मा झापामा एचआइभी एड्सबाट २३ जनाको मृत्यु भएको थियो भने आव ०६९/७० मा मृत्यु सङ्ख्या शून्य रहेको थियो । आव ०७०/७१ र ०७१/७२ मा जिल्लामा ४/४ जना गरी आठजनाको एड्सबाट मृत्यु भएको थियो ।

मेची अञ्चल अस्पताल भद्रपुरमा एचआइभी सङ्क्रमितलाई एन्टी रेक्टो भाइरल थेरापी ९एआरटी० नामक औषधि खुवाउने व्यवस्था मिलाइएको छ ।

हाल त्यहाँ १९५ जनाले नियमित एआरटी सेवन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाकी अधिकृत प्रजापतिले राससलाई बताउनुभयो । जसमध्ये इलामका १०, मोरङका चार, पाँचथरका एक र ताप्लेजुङका एकजना रहेका छन् ।

झापाका एआरटी लिनेमा सबैभन्दा बढी दमकका २१, काँकडभिट्टाका १८, बिर्तामोडका १७, भद्रपुरका १६, बनियानीका १५, कनकाईका नौ र गरामनीका नौजना रहेका छन् ।

बाहुनडाँगीका आठ, शनिअर्जुनका आठ, बुधबारेका आठ, गौरीगञ्जका छ र धुलाबारीका सात जनाले समेत एआरटी लिइरहेका छन् ।

आज २८औँ विश्व एड्स दिवसको नारा ‘दिगो विकास लक्ष्य प्राप्तिका लागि एड्स महामारीको अन्त्य’ भन्ने रहेको छ ।

दिवसका उपलक्ष्यमा आज बिहानै भद्रपुर, बिर्तामोड, काँकडभिट्टा र दमकमा विभिन्न गैरसरकारी संस्थाले चेतनामूलक -यालीको आयोजना गरेका छन् । रासस