१२ कार्तिक २०८३, बिहिबार

प्राविधिक कक्षा सञ्चालनका लागि अछाममा धार्मिक महोत्सव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Achham-District– कालु बोहरा
अछाम, १४ मंसिर । राष्ट्र शान्ति पितृ मुक्तिका साथै जनकल्याण माविलाई उच्च मावि तथा प्राविधिक कक्षा संचालन गर्ने उदश्यले साँफेवगरमा धार्मिक महोत्सव हुने भएको छ ।

यही पौस १५ गते देखि २२ गते सम्म संचालन गरिने महोत्सवमा १०८ राष्ट शान्ति महायज्ञका संकल्पकर्ता अन्तराष्टिय कथावाचक हरिद्धार एमं देवघाट शरणगती आश्र्रमका व्यवस्थापक सनातनी सेना नेपालका परिकल्पनाकार श्री गोविन्द शरणज्यु माहाराज वाट कथा वाचन हुने र पुज्य दिदि मिरा देवि ज्युको उपस्थितीमा दिव्य प्रवचनहरु सहित संचालन हुने आयोजकले जनाएको छ ।

शालिग्राम पुजा अर्चना विराट धन धान्य महापर्व संगीतमय श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञ योग विज्ञान शिविर पनी संचालन हुने धार्मिक महोत्सवमा नगद तथा अन्य दान गर्ने दाताहरुलाई गरिएको दान अनुसार विधिन्न खालका सम्मान गरिने पनी आयोजकले जानकारी दिएका छन ।

साथै यस्तो महान कार्यमा दिल खोलेर आ आफ्नो क्षेत्रवाट सक्दो सहयोग गरिदिन पनी आयोजकले सवैमा आग्रह गरेको छ । धार्मिक महोत्सवमा सामुहिक व्रतवन्धका साथै गाईको परिकर्मा गरी गौदान गर्न पनि सकिने वताईएको छ । धार्मिक महोत्सवमा रु. १ देखि रु.५१ लाख माथि सम्म दान गर्ने दानविरहरुलाई दान अनुसारको सम्मान तथा कदरपत्रले सम्मान समेत गर्ने आयोजकले जनाएको छ ।