१२ कार्तिक २०८३, बिहिबार

त्रियुगा नगरपालिका खुला दिसामुक्त घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

odf

– भेषराज खड्का
उदयपुर, १४ मंसिर । उदयपुरको सबैभन्दा जेठो त्रियुगा नगरपालिकालाई खुल्ला दिसामुक्त (खुदिमु) नगरपालिका घोषणा गरिएको छ । सोमबार एक समारोहका विच उदयपुर क्षेत्रनं २ का सांसद मन्जुकुमारी चौधरीले नगरपालिकालाई खुदिमु घोषणा गर्नुभएको हो ।

तीन नगरपालिका मध्ये जिल्लाकै सबैभन्दा जेठो नगरपालिका त्रियुगालाई खुदिमु घोषणासँगै जिल्ला घोषणाको बाटो खुल्ला भएको छ । जिल्लाका ४० गाबिस र दुई नगरपालिका यसअघि नै घोषणा भईसकेका छन् । यससँगै सन २०१५ सम्ममा जिल्लालाई खुदिमु घोषणा गर्ने लक्ष्य अव पुरा हुने भएको छ । अबको एक महिना भित्र जिल्लालाई घोषणा गर्ने गरी तयारी सुरु गरिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

नगरपालिकाको १७ वडाका १६ हजार ६० घरधुरी र ३८ वटा विद्यालय रहेकोमा सबैघर तथा बिद्यालय र सार्वजानिक स्थानमा चर्पी निर्माण भईसकेएपछि भब्य समारोहका विच नगरक्षेत्रलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।

“एक घर एक चर्पी त्रियुगाको सान, सफा स्वच्छ नगर हाम्रो पहिचान” भन्ने मुलनाराका साथ आयोजित खुदिमु नगर घोषणा कार्यक्रममा सांसद मञ्जु चौधरीले व्यानरमा लेखेका शब्दलाई बाचन गरी नगरलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्दै गौरव योग्य अभियान सफल भएको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नगरपालिकाका कार्यकारी अधिकृत तथा नगर स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिका अध्यक्ष खड्गबहादुर कार्कीले २०६७ सालदेखिको अभियानले बल्ल सफलता प्राप्त गरेको बताउनुभयो । उहाँले भौगोलिक विकटता, नगर क्षेत्रमा बढ्दो सुकुम्बासी वस्ती र जंगल तथा खुल्ला क्षेत्रका बाबजुदपनि सबै क्षेत्रको अथक साथसहयोगबाट अभियान सफल भएको बताउनुभयो ।

कार्यक्रममा प्रगतिविवरण प्रस्तुत गर्दै कार्कीले अभियानमा साथ दिने सबैलाई धन्यबाद व्यक्त गरे । सुरक्षा प्रमूख, राजनीतिक दल, विभिन्न कार्यालय प्रमुख, पत्रकार, संघसंस्था, विभिन्न संघसंगठन र वडाबासीहरुको ब्यापक सहभागिता रहेको कार्यक्रमको सुरुमा सरसफाई र्याली गरी गाईघाट बजार परिक्रमा गरिएको थियो ।

नगर स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिद्वारा आयोजित कार्यक्रममा खुल्ला दिशामुक्त क्षेत्र अभियानमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकार, संघसंस्था, कार्यालय र ब्यक्तिहरुलाई कदरपत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरसफाई सम्बन्धी चेतनामुलक नृत्य तथा नाटक प्रस्तुत गरिएको थियो ।

नगर खुल्ला दिशामुक्त क्षेत्र अभियानका लागि नगरपालिकासहित विभिन्न संघसंस्था, निकायबाट १ करोड १७ लाख ६३ हजार ७५ रुपैया अनुदान प्राप्त भएको नगरपालिकाले जनाएको छ ।