१२ कार्तिक २०८३, बिहिबार

नौबिसेको एक होटलमा बालिकाको सामुहिक बलात्कार गर्नेविरुद्ध जाहेरी दर्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rapeमलेखु (धादिङ), १४ मङ्सिर । लैङ्गिक हिंसाविरुद्धको सोह्रदिने अभियान सञ्चालन भइरहेको बेला एक किशोरीलाई ललाइफकाई बलात्कार गर्ने र बेचबिखन तथा ओसार पसार गरेकाले अभियुक्तलाई कारबाहीको माग गर्दै आज जिल्ला प्रहरी कार्यालय धादिङमा जाहेरी दर्ता गरिएको छ ।

दक्षिणी धादिङ, जीवनपुर गाविसकी १४ वर्षीयालाई गत कात्तिक २९ गते पछिल्लो पटक नौबिसे गाविसको नौबिसे बजारस्थित एक होटलमा सामूहिक बलात्कार गर्ने चार जनालाई हदैसम्मको कारबाही माग गर्दै जाहेरी दर्ता गरिएको हो ।

अभियुक्तमा नुवाकोट जिल्ला ओखरपौवा गाविस–८ का २६ वर्षीय राजन बलामी र १७ वर्षीय प्रेम भनिने राम बलामीले छन् । अन्य दुई अभियुक्तको भने नाम खुलाइएको छैन । अभियुक्तलाई मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धानपछि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । पीडितलाई उद्धारपछि सहयात्री समाजले स्थापना गरेको स्नेह केन्द्रमा राखिएको छ ।

बलात्कारी पक्राउ
जबर्जस्ती करणी र हाडनाता करणी मुद्दामा १७ वर्ष कैद सजाय पाएर फरार भएका अपराधीलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
धादिङ जिल्ला अदालतबाट २०६९ असार २२ गतेको फैसला अनुसार मैदी गाविस–२ का ५२ वर्षीय रुद्रमान श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालयले आइतबार पक्राउ गरेर आज जिल्ला अदालतमा पेस गरी जिल्ला कारागारमा १७ वर्ष जेल भुक्तानका लागि चलान गरिएको प्रहरी नायब उपरीक्षक सबिन प्रधानले जानकारी दिनुभयो । रासस