१२ कार्तिक २०८३, बिहिबार

नेपाल र भारत सीमा व्यवस्थापन गर्न दुबै देशको संयुक्त टोली गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Indiaमोरङ, १४ मङ्सिर । झापा, मोरङ र सुनसरीमा पर्ने नेपाल र भारत सीमाको स्थलगत अध्यन गरी व्यवस्थापन गर्न दुवै देशका स्थानीय अधिकारीले संयुक्त टोली निर्माण गरेका छन् ।

विराटनगरमा आज सम्पन्न दुवै देशका स्थानीय उच्चअधिकारीको बैठकले दुवै देशबाट १५÷१५ जनाको संयुक्त टोली निर्माण गरी संयुक्त रुपमा परिचालन भएर झापा, मोरङ र सुनसरी र भारत बिहार राज्यको किसनगन्ज, अररिया र सुपौल जिल्लाको सीमाको स्थलगत अध्ययन गरी व्यवस्थापनको काम गरिने मोरङका प्रजिअ गणेशराज कार्कीले बताउनुभयो । प्रजिअ कार्कीका अनुसार टोलीले सीमाको अध्ययन गरी सीमास्तम्भ पुनःनिर्माण गर्ने, हराएका स्तम्भको खोजी गर्ने, दशगजा क्षेत्र खाली गराउने र नयाँ नक्सा तयार गर्ने गर्नेछ ।

बैठकमा छ महिनाभित्र सीमा व्यवस्थापन गरिसक्ने सहमति भएको बिहार राज्य अररिया जिल्लाका डिए हिमांशु शर्माले बताउनुभयो ।

टोलीमा नेपालतर्फबाट मोरङका प्रजिअ कार्की, सुनसरीका प्रजिअ रविलाल पन्त, झापाका प्रजिअ तेजप्रसाद पोखरेलसहित राष्ट्रिय अनुसन्धान र नापी कार्यालयका अधिकृत सहभागी हुनुहुन्छ । यसैगरी भारततर्फ बिहार राज्य अरिरियाका डिएम शर्मा सुपौल जिल्लाका डिएमएम रामचन्द्रदु, किसानगन्ज जिल्लाका डिएम रामजी शाह, अररियाका प्रहरी प्रमुख सुधिर कुमार पोरकिया र चिफ इन्जिनियर पिदासलगायत १५ जना छन् । रासस