१२ कार्तिक २०८३, बिहिबार

साइबर अपराध रोक्न प्रहरीलाई ‘डिजिटल फरेन्सिक’का उपकरण हस्तान्तरण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police (2)

काठमाडौँ, १४ मङ्सिर । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुरेन्द्रबहादुर शाहले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच केन्द्रीय अनुसन्धान व्यूरो र महानगरीय अपराध महाशाखालाई ‘डिजिटल फरेन्सिक’ उपकरणहरु हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक शाहले यस प्रविधिले अपराध अनुसन्धानलार्ई वैज्ञानिक र थप विश्वसनीय बनाउनेमा आफू आशावादी रहेको बताउनुभयो ।

सूचना प्रविधिको विकासक्रमसँगै साइबर अपराधका घटनामा वृद्धि हुँदै गइरहेको अवस्थामा साइबर अपराधसँग सम्बन्धित सबूत प्रमाणको अनुसन्धान तथा परीक्षणका लागि डिजिटल फरेन्सिकको आवश्यकता महसुस गरी नेपाल प्रहरीले यसको सुरुवात गर्न आवश्यक उपकरणहरु अनुसन्धान गर्ने निकायहरुलाई उपलब्ध गराएको हो ।