१२ कार्तिक २०८३, बिहिबार

डीएसपी कठायत भन्छन्- श्रीमान परस्त्रीसँग सल्किदा हिंसा बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Police– सुधासुमन ढकाल
दाङ, १४ मंसिर । दाङमा महिला माथि हुने घरेलु हिंसाका घटनाहरुको उजुरी दर्तामा कमी आएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुुसार गत आर्थिक वर्षको मंसिर महिना सम्ममा जम्मा ३० वटा घरेलु हिंसाका उजुरीहरु प्रहरीमा दर्ता भएका थिए भने यस आर्थिक वर्षको मंसिर १३ गते सम्ममा जम्मा १९ वटा घरेलु हिंसाका उजुरीहरु दर्ता भएका छन ।

महिलाहरु शिक्षित हुनु, आºनो अधिकारका लागी आफै लड्नुपर्छ भन्ने चेतनाको विकास हुनु, विभिन्न समयमा हुने चेतनामुलक कार्यक्रम, प्रचारप्रसार, र्याली लगायतका कार्यक्रमहरुले पनि महिलामाथि हुने हिंसामा कमि आएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता धनबहादुर कठायतले जानकारी दिनुभएको छ ।

प्रबक्ता कठायतका अनुसार गत वर्ष दर्ता भएका जम्मा ३० वटा घरेलु हिंसाका उजुरीहरु मध्ये २७ वटा मिलापत्र गरेर पठाइएको र ३ वटा घटनालाई अदालतमा पठाइएको थियो । त्यसैगरी यस वर्षको मंसिर १३ गतेसम्ममा दर्ता भएका १९ वटा घरेलु हिंसाका उजुरी मध्ये १६ वटालाई मिलापत्र गरेर पठाईएको छ भने ३ वटालाई अदालत पठाईएको छ ।

महिलाहरुमाथि हुने घरेलु हिंसाका कारणमा प्राय : मदिरा सेवन, श्रीमान परस्त्रीसंग लाग्नु र श्रीमतीहरु परपुरुषसंग लाग्नु, लगायतका भएको कार्यालयले जनाएको छ । यसैबिच दाङमा दाइजोका कारण महिलामाथि हुने हिंसाका घटना भने कमै मात्रामा प्रहरी समक्ष आउने गरेका छन् ।

यता महिला मानवअधिकार रक्षकहरुको सञ्जालका केन्द्रिय सदस्य लक्ष्मी आचार्यले भने महिलामाथि हुने हिंसाको प्रबृतिमा परिवर्तन आएको बताउनुभएको छ । विभिन्न सामाजिक सञ्जाल, प्रविधि आदिको प्रयोगबाट पनि महिला माथि हिंसा हुने गरेको बताउनुभयो । केन्द्रिय सदस्य आचार्यका अनुसार समाजमा महिला माथि हुने हिंसाका घटनाहरुको अन्त्यका लागी महिलालाई आर्थिक रुपमा सक्षम बनाउन जरुरी छ । महिलालाई कुनै न कुनै आय आर्जनको काममा संलग्न गराउनु आजको आवश्यकता भएको उहाको भनाई छ ।