१२ कार्तिक २०८३, बिहिबार

पेस्तोल देखाएर बर्दिवासमा लुटपाट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pestolमहोत्तरी, १४ मङ्सिर । लुटेराको एक समूहले महोत्तरीको बर्दिवासमा पेस्तोल देखाएर सुनको सिक्रीलगायतका सरसमान लुटपाट गरेको छ ।

गएराति बर्दिवास—जलेश्वर सडकखण्डअन्तर्गत बर्दिवास नगरपालिका–२ स्थित मसानघाटमा मोटरसाइकलमा आएका लुटेराको एक समूहले वलवा गाविस–५ का २२ वर्षीय रञ्जितकुमार यादवको साथबाट एक तोला सुन र ६ हजार बराबरको किरानाको समान लुटेर फरार भएका छन् ।

आइतबार साँझ ७ बजेको समयमा ज३प ४३४५ नम्बरको मोटरसाइकलमा चढी घरतर्फ गइरहेको समयमा एक्लै भएको मौका छोपी सो समूहले पेस्तोल देखाएर आफूसँग रहेको एक तोला सुन तथा किरानाका समान लुटिएको पीडित यादवले बताउनुभयो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ । रासस