– सन्तोष कुुमार
सिरहा, १४ मंसिर । मधेसी मोर्चाको आन्दोलनका क्रममा लहानमा प्रहरीबाटै भएको दुुई घटनाको छानविन गर्न सिरहाका अधिकारकर्मीहरुले माग गरेका छन् ।
मानव अधिकार संरक्षण केन्द्र (सञ्जाल) सिरहाले लहानमा आन्दोलनकारीले पकाएको खानामा प्रहरीले बालुुवा हाल्नुुका साथै थुुकेको र मोर्चाका लहान संयोज कृष्णबहादुुर यादबलाई बोलाएर निर्घात कुुटपिट गरेको घटनालाई छानविन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको हो ।
मंसिर ५ गते राति लहान नपा १ स्थित श्याम चलचित्र मन्दिर परिसरमा मधेसी मोर्चाले चलाएको मेसमा ईलाका प्रहरी कार्यालय लहानका तत्कालिन प्रहरी निरीक्षक हरि ओझा नेतृत्वको टोली पुुगेर खानामा बालुुवा हाल्नुका साथै पिसाब समेत गरिदिएका थिए । यो घटनाको २४ घण्टा नवित्दै मोर्चाका संयोजक कृष्णबहादुुर यादबलाई प्रहरी निरीक्षक ओझा आफैले निर्घात कुुटपिट गरेको थियो ।
उक्त अभिव्यक्तिले व्यक्तिको गोप्यनीयताको हकको उल्लंघन भएको र पीडित भनिएका व्यक्ति झन पीडित हुने भएकाले अगामि दिनमा आयोग लगायत अन्य अधिकारकर्मीहरुले घटनास्थलको अध्ययन नगरी कपोकल्पित धारणा नबनाउन र सार्वजनिक संचारमा बाहिर नल्याउन संजालले विज्ञप्ती मार्फत् सचेत गराएका छन् ।
संजालले प्रेस विज्ञप्ति जारी गरेर प्रहरीको उक्त कदमको निन्दा गर्दै सम्यम हुन र विश्वव्यापी मानवअधिकारको न्यूनतम मापदण्डलाई पालना गर्न समेत आग्रह गरेको छ । साथै लम्बिदो मधेस आन्दोलनले जनजीवन कष्टकर बनी मूलुक नै ठप्प भएको अवस्थामा उत्तेजित अभिव्यक्ति दिनुभन्दा राज्य पक्ष गम्भिर भइ बार्ता मार्फत् दिगो निकासको लागि संजालले समेत आग्रह छ ।














प्रतिक्रिया