१२ कार्तिक २०८३, बिहिबार

भारतीय नागरिकमाथि निगरानी गर्न मोर्चाको माग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

petrol-ko-kalo-bazari-1_nझापा, १४ मंसिर । स्वतन्त्र क्रान्तिकारी किसान मोर्चा नेपालले कालोबजारी तत्काल नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरेको छ ।

भारतीय नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव भएका बेला बजारमा कालोबजारी बढेको भन्दै मोर्चाले यसलाई तत्काल रोक्न माग गरेको हो ।

मोर्चाका अध्यक्ष एलएन रिजालद्वारा जारी विज्ञप्तिमा सार्वजनिक यातायातका साधनमा हुने पेट्रोलियम पदार्थको ओसारपसार र कालोबजारी तत्काल नियन्त्रण गर्न माग गरिएको छ ।

पेट्रोलियम पदार्थमा हुने ठगी र भ्रष्टाचार नियन्त्रण गरी दोषीमाथि कारवाही गर्न मोर्चाले माग गरेको छ । पेट्रोलियम पदार्थको कालोबजारीमा संलग्न भारतीय नागरिकमाथि निगरानी र धन्दामा संलग्नमाथि रोक लगाउन माग गर्दै मोर्चाले बि.सं. २०६८ साल मागमा मोर्चाले सरकारलाई बुझाएको माग पूरा गर्न आग्रह गरेको छ ।

मोर्चाले भारतसँग कुटनीतिक तवरबाट वार्ता गरी समस्या समाधान गर्न माग गर्दै जनतामाथि भइरहेको ज्यादती नरोके संघर्ष थाल्ने चेतावनी दिएको छ । मोर्चाले जिल्ला प्रशासन कार्यालय झापामार्फत गृहमन्त्रालयलाई पठाएको ज्ञापनपत्रमा नेपालमा देखिएको ऊर्जा संकटबाट निम्तिएको अभावको समाधान गर्न र नागरिकको दैनिकी सहज बनाउन माग गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, यातायात व्यवसायीलगायतलाई बोधार्थ पठाइएको ज्ञापनपत्रमा किसानका समस्या समाधान गर्न ध्यानाकर्षण गराइएको छ ।