तेगुसिगाल्पा, १९ असार । हन्डुरसमा गैरकानुनी रूपमा सञ्चालन भइरहेको एक सुन खानी भत्किँदा कम्तीमा ११ जना कामदार खानीभित्र फसेका बुधबार अधिकारीहरूले जानकारी दिएका छन् ।
हन्डुरसको दक्षिणी सहर एल कोपर्समा अवस्थित सो सुन खानी ८० मिटर गहिराइमा रहेको जनाइएको छ ।
सो सुनखानी अस्थिर अवस्थामा रहेको हुनाले उद्धारकर्ताहरूले मोसिनहरू प्रयोग नगरेका र मानवीय शक्तिले उद्धारकार्य जारी राखेका छन् ।
एक वर्ष अगाडि पनि यसै खानीको गुफामा भएको दुर्घटनामा एक व्यक्तिकोे मृत्यु हुनुका साथै अन्य एक घाइते भएका थिए । रासस÷एएफपी














प्रतिक्रिया